ठूलो मान्छे बन्न खोज्नु भन्दा असल मान्छे बन्न प्रयस गरियो भने सफल भइन्छ; अध्यक्ष सुनारी

बुलिङटार, २९ भदौ
“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बुलिङटारमा ५८ औं राष्ट्रिय बाल दिवस २०७९ मनाइएको छ । बुधबार बुलिङटार न्युज प्रा.लि.को आयोजना र त्रिभुवन माध्यमिक विद्यालयको सहकार्यमा बालबालिकाहरुलाई शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको हो । त्रिभुवन माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई दिवसको शुभकामना दिदै बुलिङटार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले बाल बालबालिकाहरुले ठूलो मान्छे बन्न खोज्नु भन्दा असल मान्छे बन्न प्रयस गरियो भने सफल हुने बताउनु भयो । उहाँले भन्नुभयो “। आजका बालबालिका भोलिका फूल हुन त्यसैले त्यो फूललाई मलजल गर्नु पर्छ । मलजल गरेन भने त्यो फूल ओइलाउछ । त्यसैले त्यो फूललाई ओइलाउन दिनु हुदैन ।”

उहाँले नेपालको संविधानमा उल्लेख गरिएका वालवालिकाको हक अधिकार र त्यसको संरक्षणको बारेमा जानकारी गराउनुभएको थियो । बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार भएको अध्यक्ष सुनारीले बताउनु भयो । अध्यक्ष सुनारी मगरले पालिका भित्रका प्रत्येक विद्यालयका बालबालिकाहरुसंग आफै पनि छिट्टै अन्र्तक्रियामा आउने बताउनु भयो । उहाँले भन्नुभयो “अहिले तपाइहरुको परिक्षा चलिरहेको छ त्यसैले पालिका स्तरीय कार्यक्रहरु गर्न सकिरहेको छैन । म पनि तपाइहरुसंग अन्र्तक्रिया कार्यक्रममा आउने छु ।”

 

यसैगरी बुलिङटार गाउँपालिका वडा नं ३ का अध्यक्ष विष्णुविर जर्घा मगरले वर्तामान विकासमा बालबालिकाहरु साझेदारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले बुलिङटार ३ मा कुनै पनि बालबालिकाहरुले शिक्षामा बन्चित नहुने जनाउनु भयो ।

 

 

यसैगरी कार्यपालिका सदस्य केशर बहादुर कुमालले बालदिवस जस्ता ठूला दिवस मनाइराख्दा बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताउनुभयो । उहाँले बालअधिकारको कुरा गरिरहदा बालबालिकाहरुले आफ्नो कर्तव्य पनि भुल्न नहुने बताउनु भयो ।

कार्यक्रममा बुलिङटार गाउँपालिका कार्यपालिका सदस्य सुनिता सुनार, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद बस्ताकोटी, कोपिला नेपाल संस्थाका प्रतिनिधि, त्रिभुवन मा.वि. का शिक्षक शिक्षिकाहरु लगायत विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *