लार्भा नष्ट गर्ने अभियानमा बुलिङटार गाउँपालिका टिम अघि सर्दै

बुलिङटार, २९ भदौ
पछिल्लो समयमा देशभर डेङ्गुको आतङ्क निकैै बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेको छ ।

यसैबीच नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाले डेङगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरसफाई गरि अभियान शुरु गरिएको छ । बुधबार बुलिङटार गाउँपालिकाको कार्यलय वरिपरी सरसफाई गरि अभियान शुरु गरिएको अशोक कुमार श्रेष्ठले बताउनु भयो । यसैगरी पालिका भित्रका छ वटै वडाहरुमा यस अभियान शुरु गरिने बुलिङटार स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयो ।

उहाँले भन्नुभयो “अहिले देशभर डेङ्गु नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान चलिरहेको छ । हामी पनि आजदेखि यस अभियानमा लागेका छौं । अहिले हामीले गाउँपालिकाबाट शूरुवात गरेका छौ यस अभियान हाम्रो छ वटै वडाहरुमा पुर्याउने छौं ।”

 

श्रेष्ठले यस अभियानमा सबै नागरिकहरुको दायित्व भएकाले सबै नागरिकहरुलाई उक्त अभियानमा जुट्न आग्रह गर्नु भएको थियो ।

 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर, उपाध्यक्ष दिल मायाँ राना मगर, वडा नं का अध्यक्ष विष्णु विर जर्घा मगर, कार्यपालिका सदस्य सुनिता सुनार, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्र, प्रशासन अधिकृत सिताराम खनाल, लेखा अधिकृत बाबुराम तिवारी, शिक्षा अधिकृत बुद्ध प्रुसाद रानाभाट श्रोत शिक्षक देव बहादुर चितौरे, इन्जिनियर रमेश सापकोटा सव– इन्जिनियर रोशन चौधरी, सुचना अधिकृत सागर भट्टराई, कम्प्युटर अपरेटर दिनेश रानाभाट, कृषि शाखा अधिकृत खगेन्द्र थापा, वडा नं ३ का सचिव राधा लुइटेल, रोजगार प्राविधिक गणेशमान श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसैगरि एम्.आई.एस्. तथा महिला बालबालिका शाखाका नारायण पाटा मगर, उद्यम विकास शाखाका दुमन्ति थापा मगर र हृदय शाही, बहु क्षेत्रिय पोषण शाखाका देवराज सुनारी मगर, कृषि प्राविधिक अनुशा ठाडा मगर र कामना थापा, निशान खड्का, पालिका अध्यक्षका स्वकीय सचिव सुजन सुनारी मगर लगायत सम्पुर्ण कार्यलय सहयोगीहरु सरसफाई अभियानमा जोडिनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *