बुलिङटार र बौदीकालीमा भुमी आयोगले लगत संकलन गर्ने

नवलपुर । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले नवलपुरको बुलिङटार र बौदीकाली गाउँपालिका सहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।

 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

 

आयोगमार्फत सरकारले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । जसअनुसार कतिपय स्थानीय तहमा लालपुर्जासमेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *