मुख्यमन्त्री र सांसदद्वारा थारु संग्रहालयमा शिलान्यास गरि गाडिएको पोल तोडफोड

नवलपुर । नवलपुरको कावासोती(१६ डण्डामा रहेको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र परिसरमा निमार्ण गर्न लागिएको सटरकोठाका पोलहरु गए राती अज्ञात समूहले तोडफोड गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नवलपुर प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद तिलक महत र गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले संयुक्त रुपमा शिलान्यास गरेको सटर कोठाका पोलहरु तोडफोड गरिएको र उखालिएको हो ।

यसै बिच थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रले संग्रहालय परिसरमा निर्माणाधीन सटर कोठाहरुको पोलहरु तोडफोड गरेर उखालिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संग्राहलयका अध्यक्ष जामुनराम महतोले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरि घटनाको छानबिन गरि दोषीहरुलाई तत्काल कार्वाही गर्न जिल्ला प्रशासन र सुरक्षा निकाय समक्ष माग गरेका छ्न ।

महतोले निकालेको विज्ञप्तिमा आगामी दिनमा संग्रहालय परिसरमा हुने निर्माण कार्यमा अवरोध पुर्‍याउन र बिथोल्न आएमा कडा प्रतिकार गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *