अविरल बर्षाका कारण नवलपुरका पहाडी क्षेत्र कहालीलाग्दो

बुलिङटार २१ असोज
नवलपुरका पहाडी क्षेत्र अविरल बर्षाका कारण कहालीलाग्दो अवस्थामा रहेको छ। जिल्लाका पहाडी क्षेत्रको विभिन्न ठाउँहरु डुवानमा परेको छ ।
बुलिङटार गाउँपालिका र बौदिकाली गाउपालिकाको विभिन्न स्थानमा पहिरोले बाटो बन्द भएको छ । हुप्सेकोटको पाङ्ग्रे र बुलिङटार अर्खलाका ठाउँ ठाउँमा पहिरो खस्दा ,दलदले बुलिङटार र कावासोती बुलिङटार, दलदले बौदिकाली र कावासोती बौदिकालीको बाटो बन्द अवस्थामा रहेको छ।
यसैगरी लगातार ३ दिने झरीले बुलिङटार ३ भलायटार स्थित खाद्य पसल लगायतका क्षेत्र डुवानमा परेको छ ।

 

बुलिङटार ३ लोहोरे खेत र बुलिङटार २ साँदखोला नजिक लगायत बुलिङटार र बौदिकाली गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो खस्दा अहिलेकालीगण्डकी करिडोर चारैतिर बन्द अबस्थामा रहेका छन । यस्तै बुलिङटार गाउँपालिकामा केहि बिजुली पोलहरु झुन्डिएका छ्न । स्थानिय बेल बहादुर दर्लामी मगरका अनुसार बुलिङ्टार र बौदिकाली गाउपालिका कहालीलाग्दो अबस्थामा छ्न ।

नारायणी नदिको बहाब बढेसंगै नदि बिस्तारै गाउँ तिर समेत प्रवेश गर्न थालेको छ ।
नारायणी नदिको बहाबले मध्यविन्दुको २,३ १५ हुँदै कावासोती 15 मा रहेको अमलटारीमा रहेको नाना होलिडे जङ्गल रिसोर्ट , अमलटारी वाईल्ड लाईफ रिसोर्ट , वाईल्ड भिउ कटेज र रिटर्नी रिसोर्ट ढुबानमा परेको छ । स्थनिय जित नारायण महतोका अनुसार यसरी नै पानी नरोकिने हो भने भोलि सम्म घर नै छाडेर हिड्न्नुपर्ने बताउनुभयो ।

यसैगरी जिल्ला को गैडाकोट नगरपालिका का विभिन्न क्षेत्रमा समेत पानी पसेको छ ।
गौडाकोट मा बिहिबार नै नारायणी किनारका बासिन्दालाइ सुरक्षित स्थान मा सारिएको थियो ।
यसैगरी हुप्सेकोट गाउपालिका ,मध्यविन्दु नगरपालिका र बिनयीत्रिवेणि गाउपालिका समेत जलमग्न भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *