अनलाईनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्नको लागि किशोरीद्वारा बिधालय लक्षित कार्यक्रम जारी

कावासोती २ कार्तिक
अनलाइन बाट हुन सक्ने हिंसा र दुर्ब्यवहार रोक्नको लागी बालिकाहरुले विद्यालय र समुदाय स्तरीय सचेतना अभियान कावासोतिका बिभिन्न बिधालयमा जारी राखेका छन् ।
यसै सन्दर्भमा आज कावासोती नगरपालिका वार्ड नं ४ सरस्वती माध्यमिक विद्यालय हसौरामा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवि बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम र अनलाइन सुरक्षा सम्बन्धि कार्यक्रम गर्नुको उदेश्यबारे जानकारी दिनु भएको थियो ।
विद्यालय बाल क्लबका फोकल शिक्षक हिरा खनालले अहिले स्वयम किशोर किशोरीहरुले नै अनलाईनको सदुपयोग गर्नु भन्दा दुरुपयोग गर्न थालेकोमा स्वयम किशोरीहरुले साथि बाट साथिलाई यसको बारेमा सिकाउन सुरु गरेकोमा किशोरीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

त्यस्तै बिधालयका शिक्षिका बिश्नुमाया गौडेलले किशोरीहरुले आफ्नो अधिकारको प्रयोग गरि अगाडि बढ्नको लागि अनलाइनको प्रयोग गर्न र पछिल्लो समय साइबर अपराधले आफू मात्रै नभइ समाजमा पनि नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन सुरक्षामा सजग हुनु पर्ने सुझाव समेत दिएकी थिइन् ।
कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी अभियन्ताहरु गोमा देवकोटा, रिम कुमारि वान्ट्कि, भावना भन्डारिले अनलाइन सुरक्षा सम्बन्धित विषयहरुमा सहजीकरण गरेका थिए ।

उनिहरुले अनलाइनका माध्यमहरु, सुरक्षाका उपायहरु र समस्या परे समाधानका उपायहरुको बारेमा सहजीकरण गरेका थिय ।
जागृति बाल तथा युवा सरोकार नेपालका आशा बिकले अनलाइनको सदुपयोग गर्न सकिने र यसका पक्षका बारेमा बताउदै राम्रो काम र अभियानहरु पनि सुरु गर्न सकिने बारेमा सिकाउनु भएको थियो ।
विद्यालय रेड्क्रसका अध्यक्ष सफलता सापकोटाको अध्यक्षता भएको कार्यक्रममा बालक्लवका फोकल शिक्षक, विद्यालय बालक्लवका प्रतिनिधिहरु गरि ६५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *