नगरलाई बालमैत्री गराउन बाल अधिकार र बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी

कावासोति ५ कार्तिक,
कावासोति नगरलाई बालमैत्री घोषणा गर्नको लागि वार्ड वार्डमा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी छ ।

सोहि सन्दर्भमा आज कावासोती नगरपालिका वार्ड नं ९ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम र कावासोति नगरपालिका सामाजिक बिकास शाखाको समन्वयमा सवै वार्डमा बाल क्लबका पदाधिकारी र वार्डका सरोकारवालाहरु लाई अभिमुखिकरण जारि रहेको छ ।
कावासोति नगरले यो आर्थिक बर्षमा कम्तिमा पनि २ वार्डलाई बालमैत्री घोषणा गर्ने गरि वार्ड लक्षित कामहरु समेत गरिराखेको छ ।

आजको कार्यक्रममा कावासोती नगरपालिका ९ का वडास्तरिय बालक्लव संजालका अध्यक्ष रश्मि खनाल , प्रमुख अतिथीमा कावासोती नगरपालिका ९ का कार्यवाहक अध्यक्ष जगदिश खतिवडा, कार्यपालिका सदस्य रेश्मि परियार तथा , वडा सदस्य डम्बर महत्तो र सुनिल महत्तो , कावासोती ९ भित्रका टोल स्तरिय र वडास्तरिय बालक्लवको पदाधिकारीहरु र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवि बोटेले नयाँ जनप्रतिनिधिहरु र वडास्तरिय बालक्लवका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा र कार्यक्रमको उदेश्य बारे जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल , अभियन्ता आशा वि. क. र मान्सु न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।
उहाँहरुले बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वार्डलाई बाल मैत्री निर्माणमा बाल क्लबको भुमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नु पर्ने कार्यबिधि तयार गरि कामहरु गरिराखेको छ ।
कार्यक्रमको उदघाट्न समारोहमा वार्ड नम्बर ९ का कार्य बाहक वार्ड अध्यक्ष जगदिश खतिवडाले वार्डलाई हरेक हिसाबले नमुना गराउनको लागि सवै पक्षको समुचित बिकासमा ध्यान दिने र यसको लागि बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध समेत गर्नु भयो । साथै वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने समेत बताउनु भयो ।

 

जनप्रतिनिधिले बालबालिका ले आजकल अधिकार माग्ने र कर्तव्य भुलेको सन्दर्भ निकाल्दै सवैले अधिकार र कर्तव्य दुबै पुरा गर्नको लागि लाग्नुपर्नेमा जोड दिनुभयो । साना साना कामप्रति जिम्मेवार रहनु पर्ने र कर्तव्य भुल्न नहुनेमा जोड दिनु भयो ।

आजको कार्यक्रममा जनप्रतिनिधि र बालबालिकाहरु सहित ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *