बुलिङटारमा बस भिरबाट खस्दा ५ जनाको मृत्यु,३० जना घाइते

बुलिङटार, १३ कार्तिक
नवलपुरको बुलिङटार २ मथार पहिरोमा बस खस्दा चालक र सहचालक  सहित ३० जना घाइते भएका छन् । चालक र सह चालक सहित ३५ जना हिडेका यात्रुहरुमध्ये ५ जनाको मृत्यु भएका छन् भने ३० जना घाइते भएका छन् ।  ना ६ ख ७५८० नम्बरको बस  आइतबार बिहानको ३ बजे अनियन्त्रित भई खसेको उक्त बस् ५० मिटरको उचाइबाट खसेको हो ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ बस्ने ४५ वर्षीय सरिता माझी, पाल्पाको रम्भ गाउँपालिका १ की देवी गाहा मगर, अनुमानित ६५ वर्षीय धनकुमारी बि.क, ४० वर्षीय ताराबहादुर बि.क र १७ वर्षीय विनय बि.क गरि २ पुरुष र ३ महिला रहेका छन् । मृत्यु हुनेहरुलाई पोस्टमार्टमका पाल्पा पठाइने इलाका प्रहरी कार्यलय बुलिङटारका प्रहरी सहायक निरीक्षक बिक्रम कुमालले जनाउनुभयो ।

दुर्घटनामा परि १४ जना पुरुष, १० जना महिला ३ जना बालक र ३ जना बालिका गरि ३० जना घाइते भएका छन् । घाइतेरुलाई जनप्रतिनिधिहरु, स्थानीय र  प्रहरीको टोलीले उद्वार गरि थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यलय डेड्गाउँका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनु भयो । घाइतेहरु मध्ये ५ जनाको अवस्था गम्भीर रहेको  छ ।

उक्त बस पाल्पा रम्भ गाउँपालिकाबाट मनकामना दर्शनका लागि हिडेको थियो । गाउँलेहरु मिली मनकामना दर्शनका लागि  रिजर्भ गरेर हिडेका २ बस मध्ये एउटा बस् दुर्घटना हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *