गण्डकी प्रदेशको करको दर खारेज, मुख्यमन्त्री र मन्त्रीलाई स्पष्टीकरण

काठमाडौँ — कार्तिक १६

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्वाचन आचारसंहिता लागू भइसकेपछि हेरफेर गरिएको करको दर २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको छ ।

 

करको दरमा छुट दिने नीतिगत निर्णय गरेर कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्न सक्ने भन्दै आयोगले तत्काल खारेज गर्न निर्देशन दिएको हो । प्रदेश सरकारले गरेको निर्णय आचारसंहिताविपरीत रहेको आयोगको ठहर छ । आयोगले २४ घण्टाभित्र खारेजको निर्णय गरी त्यसको जानकारी तत्काल आयोगमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

 

करको दर हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री‚ प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले २४ घण्टा स्पष्टीकरण सोधेको छ ।

 

उनीहरुलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही किन हुनु नपर्ने भन्दै २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *