आयोगले एमाले उम्मेदवार कोमल वलीलाई सोध्यो स्पष्टीकरण

कार्तिक १९

काठमाडौँ — निर्वाचन आयोगले नेकपा ९एमाले० दाङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा चुनाव प्रचारप्रसारमा उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने उल्लेख छ ।

चुनाव प्रचारप्रसारका क्रममा एमाले उम्मेदवार वलीले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

 

वलीलाई स्पष्टीकरणपत्र प्राप्त भएको २४ घण्टाभित्र जवाफ दिन आयोगले भनेको छ । आयोगले वलीलाई तीन प्रश्न सोधेको छ जसमा आचारसंहिताको प्रतिकूल हुनेगरी प्रचारप्रसार गरेको होइन भन्ने प्रमाण के छ रु, किन जानाजान आचारसंहिता उलंघन हुने कार्य गरेको रु र निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै उक्त कार्य गरेको देखिएकाले किन कारबाही हुनु नपर्ने रु भन्ने प्रश्न सोधेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *