देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशमा केही हुँदैन,अध्यक्ष लिङ्देन

कार्तिक १९, २०७९नारायण शर्मा

पूर्वी नवलपरासी — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी गरेका छन् । पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाएर के हुन्छ रु, उनले प्रश्न गरे, पाँचपटक प्रधानमन्त्री भइसक्दा पनि देउवाका कारण देश र जनताले के पाए र उनलाई फेरि मत हाल्ने हो रुु

कावासोतीको डण्डामा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको परीक्षणमा देउवा असफल भइसकेको बताए । उनले मंसिर ४ गते मत परिवर्तन गरेर राप्रपालाई मत दिन आग्रह गरे । माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएकाले निर्धक्कसँग हलोमा मतदान गर्न उनले अपिल गरे ।

 

कांग्रेस र कम्युनिष्टहरुले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उनले आरोप लगाए । रोजगारीको अवसर छैन । युवा विदेशिएका छन् । किसानले चाहिँदा मल बिउ पाउँदैनन्, उनले भने, राप्रपाले अवसर पाए ती सबै समस्याको सामाधान गर्छ ।

उनले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने दाबी गरे । एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने अवस्था देख्छु म, उनले भने, यो पटकको निर्वाचनमा पटक(पटक परीक्षणमा असफल भइसकेका कांग्रेस र कम्युनिष्टलाई मत दिएर पछुताउनेबाहेक काम हुँदैन ।

उनले निर्वाचन र शासकीय प्रणालीमा आमुल परिवर्तन नगरेसम्म देशमा विकास नहुने ठोकुवा गरे । मान्छेले मान्छेको भोट खरिद बिक्री बन्द नगरेसम्म देशमा परिर्वतन नहुने उनको दाबी थियो । कस्तो निर्वाचन प्रणाली र शासकीयस्वरुप चाहिने भन्ने उनले प्रस्ट बोलेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *