पुरानो कामको जस लिएर नयाँ योजना बाँडदै गठबन्धनका उम्मेदवारहरु

बुलिङटार, २१ कार्तिक
नवलपुरमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले चुनाव प्रचारप्रसारलाई तिब्रता दिएका छ्न । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरुले यस अघि सम्पन्न कामहरुको जस लिदै नयाँ योजना बाडदै चुनाव प्रचारप्रसारलाई तिब्रता दिएका छ्न ।

विशेष गरेर पाँच दलिय गठबन्धन र एमालेका उम्मेदवारहरु बिच जिल्लामा यस अघि सम्पन्न योजनाका विषयमा जस लिने प्रतिस्पर्धानै देखिएको छ । उम्मेदवारहरुले पुराना कामको जस मात्रै लिएका छैन्न उनिहरुमा ठुला योजनाहरु बाडन समेत प्रतिस्पर्धा देखिएको छ ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा चौथो पटक उम्मेदवार बनेका कोइरालाले चुनावी अस्त्रका रुपमा गैंडाकोटमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, देवचुली नगरपाकिलामा ट्रमा सेन्टर स्थापना, निर्माणाधिन कालीगण्डकी करिडोर, कावासोतीलाई सदरमुकाम बनाउन आवश्यक संरचना निर्माणजस्ता योजना आफैले सुरु गरिसकेको बताउने गरेका छन् ।

कांग्रेस नेता शशांक कोइरालाले यस अघि सम्पन्न योजनहरुको पुस्तकनै प्रकाशन गरेर आफ्नो पहलमा परेको बजेटले काम भएको दाबी गर्दै मत मागेका छ्न । कोइरालाले निकालेको पुस्तकमा बि.पि. अन्तराष्ट्रिय खेलग्राम गैडाकोट वडा नं ६,७ र ९ मा निर्माण गर्नका लागि योजना छनोट भइ काम अगाडी बढेको, नवलपुर जिल्ला छुट्टै कायम गरि गण्डकी प्रदेशमा राख्न सफल भएको, नवलपुर कालिगण्डकी हुदै पोखरा जोड्ने सडक संजालको कार्य भइरहेको, गैडाकोट चक्रपथ देवचुली चक्रपथ रजहर बाह्रकोल छरछरे बुलिङटारसम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको, ट्रमा सेन्टरको लागि बजेट विनियोजन भएको, विभिन्न विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गरेर भौतिक पुर्वाधार र यातायातको व्यवस्था गरिएको बताएका छ ।

कोइरालाले देशभर रहेका निर्वाचन क्षेत्रहरुमध्ये अग्रस्थानमा बजेट पार्न सफल भएको दाबी गर्दै अबको पाँच वर्षमा जिल्लालाई सुविधा सम्पन्न बनाउने दाबी गरे ।
सोमबार बुलिङ्गटारमा आयोजना भएको चुनावी सभामा बोल्दै कोइरालाले जिल्लाको महत्त्वपूर्ण योजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तिम चरणमा पुगेको, पहाडी क्षेत्रमा राष्ट्रिय प्रशारण लाईनको विद्युत बिस्तार अन्तिम चरणमा पुगेको बताउदै कोइरालाले बुलिङ्गटारमा २५ शैयाको अस्पताल बनाउने घोषणा समेत गरेका छ्न ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेश सभाका उम्मेदवारहरु महेन्द्रध्वज जिसी र लोकप्रसाद भुर्तेल, गठबन्धनमा आबद्ध दलका नेताहरुसहित चुनावी अभियानमा निस्किएका कोइरालाले अबको पाँच वर्ष विकासको कार्यकाल हुने दाबी गरे ।

चुनावी सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले छोटो समयमा कांग्रेस नेतृत्वको प्रदेश सरकारले नवलपुरमा महत्त्वपूर्ण योजनाहरु सुरु गरेको बताए । “हामीले छोटो समयमा धेरै काम गर्यौ, मंसिर ४ पछि अर्को ५ वर्ष गठबन्धनकै सरकार बन्ने पक्का छ, अधुरा काम पूरा गर्छौ”, उनले भने ।

चुनावी सभामा कांग्रेस जिल्ला सभापति समेत रहेका क्षेत्र नं क का प्रदेश सभाका उम्मेदवार महेन्द्रध्वज जिसीले छोटो समय्स सरकारको नेतृत्व लिदा धेरै काम भएको र निर्वाचन पछिको पाँच वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र बाकी र महत्त्वपूर्ण योजना सम्पन्न गर्ने बताए ।

क्षेत्र नं १ “ख”का उम्मेदवार लोकप्रसाद भुर्तेलले नवलपुरमा शशांक कोइरालाको नेतृत्वमा धेरै काम भए पनि प्रचार नभएका कारण जनताले थाहा नपाएको बताए । मंसिर ४ पछि गठबन्धनकै सरकार बन्ने बताएका भुर्तेलले अबको पाँच वर्षमा जिल्लालाई नमूना जिल्ला बनाउन कुनै कसर बाकी नराख्ने दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *