चौथो पटक निर्वाचन लडेका कोईरालालाई गठबन्धनले झनै सहज

कावासोती,२७ कार्तिक९रासस०स् प्रतिनिधि सभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्ता गठबन्धन बाट प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शशांक कोईराला र नेकपा एमाले बाट उम्मेदवारी दिएका एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेल बीचको प्रतिस्पर्धा लाई चासोको रुपमा हेरिएको छ ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ को “क” मा सत्ता गठबन्धन बाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमाले बाट एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी मैदानमा रहेका छन भने क्षेत्र नं १ को “ख” मा सत्ता गठबन्धन बाट माओवादी केन्द्रका लोक प्रसाद भुर्तेल र एमाले बाट रोशन बहादुर गाहाले उम्मेदवारी दिएका छन ।

२०४८ साल देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यस पटक पनि कांग्रेसले आफ्नो विरासतलाई निरन्तरता दिने गरेर मैदानमा आएको छ भने कांग्रेसको विरासत यस पटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । यो क्षेत्रमा चौथो पटक निर्वाचन लडेका कांग्रेसका शशांक कोईरालाले २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका भविश्वर पराजुलीलाई ४ हजार २४ को मतान्तरले हराएका थिए ।

यस पटक परिदृष्य २०७४ को जस्तो छैन । त्यो बेलाको वाम घटकको महत्वपुर्ण दल नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकिकृतले गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका शशांक कोईरालालाई अगाडी सारेकाले पनि कोईरालाले सहज जित्ने आकंलन यो क्षेत्रमा गरिएको छ ।

यद्यपि यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडा मध्य गत वैशाखमा सम्पन्न स्थानिय निर्वाच्नमा नेपाली कांग्रेसले २६ वटा, एमालेले २५ वटा र नेकपा माओवादी केन्द्रले १ वटा वडाको वडा अध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांगे्रसका वडा अध्यक्षका उम्मेदवारहरुले ४० हजार ५ सय ११, एमालको ३९ हजार ९ सय ५१, राप्रपाको २ हजार ३ सय ७३, माओवादीको १ हजार ९ सय २१, जसपाका १ सय ८८ मत पाएका थिए ।

निर्वाचन क्षेत्र नं १ मा पुर्वी नवलपरासीको सदरमुकाम कावासोती सहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल २ लाख ६० हजार ४ सय ६१ मतदाता मध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लाल प्रसाद भुषालले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा ९क० मा ६३ हजार ५ सय ३५ र प्रदेशसभा ९ख० मा ६७ हजार ६ सय ४६ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तिन पालिका मध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैंडाकोट नगरपालीकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालीकाको प्रमुख र उप प्रमुख एमाले र बुलिङटारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

चौथो पटक यहि क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउदै मतदातालाई रिझाउन सुरु गरेका छ्न । आफुले पटक पटक वाचा गर्दै आएका ट्रमा सेन्टर, रंगशाला लगाएताका महत्वाकांक्षी योजनाहरु चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत माग्ने गरेका छ्न ।

देश भरमै कांग्रेसको बलियो क्षेत्र मध्यको एक मानिएको यो क्षेत्रमा २०४८ देखि निरन्तर कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरुले पनि एक्लाएक्लै उम्मेदवारी दिएकाले कांग्रेसमा हेविवेट मानिएका कोइरालालाई रोक्न भने यो क्षेत्रमा एमालेलाई भने जस्तो सहज भने देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *