कावासोती नगरलाई बाल मैत्री निर्माणका लागि अभिमुखिकरण जारी

कावासोती, १७ मंसिर
कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वार्ड वार्डमा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी रहेको छ ।

यसै सन्दर्भमा आज कावासोती नगरपालिका वार्ड नं २ र ५ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम र कावासोती नगरपालिका सामाजिक बिकास शाखा र वार्ड कार्यलयको समन्वयमा कार्यक्रमहरु वार्ड वार्डमा जारी रहेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो ।

पहिलो चरणमा वार्ड भित्रका बाल क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण दिने र पछी वार्ड भित्रका सरोकारवालाहरुलाई दिने गरिको योजना रहेको शर्माले बताउनु भयो ।

कावासोति नगरले यो आर्थिक बर्षमा कम्तिमा पनि २ वार्डलाई बालमैत्री घोषणा गर्ने गरि वार्ड लक्षित कामहरु समेत गरिराखेको छ ।
आजको कार्यक्रममा कावासोती नगरपालिका २ का वडास्तरिय बालक्लव संजालका अध्यक्ष सजल भट्टराईको अध्यक्षता, प्रमुख अतिथीमा कावासोती नगरपालिका २ का वार्ड अध्यक्ष शिव पाण्डे , कार्यपालिका सदस्य र अन्य जनप्रतिनिधिहरु र टोल सुधार समितिका पदाधिकारीहरु र वार्ड भित्रका बाल क्लब सन्जाल र अन्य बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कावासोति नगर पालिका वार्ड नम्बर ५ का वार्ड स्तरीय बाल क्लब संजालका अध्यक्ष मुस्कान पौडेलको अध्यक्षता , प्रमुख अतिथिमा वार्ड अध्यक्ष निरज कुमार पुन, कार्यपालिका सदस्यहरु र अन्य जनप्रतिनिधिहरु र वार्ड भित्रका बाल क्लबका सदस्यहरु र अन्य बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले नयाँ जनप्रतिनिधिहरु र वडास्तरिय बालक्लवका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा र कार्यक्रमको उदेश्य बारे जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।
कार्यक्रममा अभियन्ता रेजिना घर्ती मगर र दिपक शर्माले सहजीकरण गर्नु भएको थियो ।
उहाँहरुले बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वार्डलाई बाल मैत्री निर्माणमा बाल क्लबको भुमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो ।
नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नु पर्ने कार्यबिधि तयार गरि कामहरु गरिराखेको छ ।
कार्यक्रमको उदघाट्न समारोहमा बोल्ने अध्यक्षज्युहरुले वार्ड वार्डलाई हरेक हिसाबले नमुना गराउनको लागि सवै पक्षको समुचित बिकासमा ध्यान दिने र यसको लागि बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध समेत गर्नु भयो ।

साथै वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने समेत बताउनु भयो । बालबालिकाले अधिकार सगै कर्तव्य पालना गर्न समेत लाग्नु पर्नेमा जोड दिनु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *