हिंसा अन्त्यको लागी ब्यक्ति स्वयम जिम्मेवार हुनुपर्छ ः कावासोतीका सरोकारवालाहरु

कावासोती, २० मंसिर
हिंसाको अन्त्यको लागि ब्यक्ति जिम्मेवार हुन सकिएन भने सम्भव नरहेको सरोकारवालाहरुको भनाई रहेको छ । आज कावासोती वडा नं १३ मा भएको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत वडा स्तरीय सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले बताएका हुन ।
अहिले हिंसाको प्रकृति फेरिएको र ब्यक्तिका साना साना गल्तीले गर्दा पनि बिशेष गरि बालिकाहरु र महिलाहरु माथी हिंसाको दर बढी रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका महिला बालबालिका सेल प्रमुख बिन्दु बिकले तथ्यांक सहित बताउनु भयो ।

 

अनलाइन र मोबाइल फोनको दुरुपयोगले पछिल्लो समय धेरै नै समस्याहरु आउने गरेको र यो रोक्नको लागि सवै जिम्मेवार हुनुपर्नेमा उहाले जोड दिनु भयो ।
नवलपुरमा बालिकाहरु हराएको भनेर सूचनाहरु आउने र सो तथ्यांकका अधिकांश बालिकाहरुले बाल बिवाह गरेको भेटिने गरेको पनि उहाँले बताउनु भयो ।

 

सामुदायिक सेवा केन्द्र कावासोतीको अध्यक्ष नारायणी भट्टराईले महिलाहरु आफ्ना समस्याहरु समयमा भन्न नसक्दा र हिंसा हो भन्ने थाहा नहुदा सहेर बस्ने गरेको र यसले आज पनि महिला माथी को हिंसा बढी रहेको उहाँले बताउनु भयो । अब पहिलो महिला र किशोरीहरुको शसक्तिकरण आवश्यक रहेको र हिंसा रहित समाज र स्थानीय तह निर्माणमा लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कावासोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष लाल बहादुर गुरुङ्गले स्वयम महिलाहरुको सकृयता र शसक्तिकरणमा वडाले चासो दिने र हिंसा रहित समाज निर्माणमा सवैको साथ र सहयोगको लागि समेत अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा वडा भित्रका जनप्रतिनिधि, स्वास्थ्य स्वयम सेविका, बिधालयका प्रतिनिधि, टोल सुधार समितीका पदाधिकारीहरु, आमा समुह र अन्य सरोकारवालाहरु गरि ४० जनाको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा महिला बालबालिका सेल बाट बिन्दु बिक र जागृति बाल तथा युवा सरोकार नेपाल बाट दिपक शर्माले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना , वडा नम्बर १३ र सामुदायिक सेवा केन्द्र कावासोती सगको समन्वय र क्यान्नालन स्विजरल्याडको सहयोग सम्पन्न गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *