गन्डकी प्रदेशको मुख्यमन्त्रीमा जीसीको बिकल्प छैन

नवलपुर, पौष २
नेपाली कांग्रेसका नेता महेन्द्रध्वज जिसीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सशक्त रूपमा दाबी गर्नुभएको छ। कांग्रेसबाट गोरखाका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले नाटकीय घोषणा गरे पनि यो काग्रेसको आन्तरिक मामला भएकोले जनताका बीचमा लेकप्रिय जीसी को अगाडि पान्डे कमजोर साबित भैसकेका छन ।

पूर्वी नवलपुर १ को प्रदेशसभा १ बाट निर्वाचित जिसीले गण्डकीको संसदीय दलको नेतामा आफू चुनाव लड्ने बताउनुभएको छ ।पत्रकारहरू सॅग कुरा गर्दै जिसीले आफू प्रदेशबाट निर्वाचित भएकामध्ये सबैभन्दा सिनियर र केन्द्रको संसदीय दलको सचिवसमेत भइसकेको व्यक्ति भन्दै मुख्यमन्त्री पद नछाड्ने स्पषट पार्नुभएको छ ।

गण्डकी प्रदेशसभामा शुक्रराज शर्मा समानुपातिकको एक नम्बरमा थिए । तर, सबै महिला पर्ने भएपछि उनी निर्वाचित हुन सकेनन् । शर्मा निर्वाचित नभएपछि आफूले उम्मेदवारी घोषणा गरेको जिसीले बताउनुभयो। उहॅाले आफू पार्टीभित्र शेखर(गगन समूह र रामचन्द्र(शशांक समूहको साझा उम्मेदवार रहेको बताउनुभयो ।

जिसीले भन्नुभयो शुक्रराज दाइ हुँदा मेरो उम्मेदवारी नरहने थियो । तर, अब म साझा उम्मेदवार हुँ र मैले मुख्यमन्त्री दाबी गरेको छु । अरु को को कसको समर्थनमा उठ्छन् मलाई थाहा छैन, गण्डकीमा हाम्रो २७ जनाको संसदीय दलमा हाम्रो बहुमत छ ।’

कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी गण्डकी प्रदेश सभामा २७ जना सांसद छन् । बहुमतका लागि ३१ जना चाहिन्छ । गठबन्धनको सरकार बन्दा दुईतिहाइ बहुमत पुग्ने देखिन्छ । सुरेन्द्र पाण्डे देउवा समूहका हुन् । गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १६ जना सांसद देउवाइतर समूहका निर्वाचित भएको बताइन्छ ।

शशांक कोइराला निकट मानिने जिसी संस्थापन इतर समूहबाट साझा उम्मेदवार बन्ने काग्रेस नवलपुरका सचिब होमराज रानाभाटले बताउनुभयो । यदि जिसी उम्मेदवार बनेमा दलको चुनाव जित्न सुरेन्द्र पाण्डेलाई मुस्किल हुनेछ । उनीसँग देउवा समूहकै नेतासमेत रुष्ट छन् ।

चुनावका वेला कांग्रेसलाई चिढ्याएर प्रचण्डलाई गिरिजाप्रसाद कोइराला जस्तै महामानव भनेको भाइरल भिडिओ अहिले कांग्रेसका सांसदहरुबीच आदानप्रदान भइरहेको छ । कांग्रेस संसदीय दलमा पाण्डेलाई प्रचण्डका उम्मेदवार भनेर प्रचार गरिएको छ भने जिसीलाई कांग्रेसका साझा उम्मेदवार भनिएको छ ।

जिसी २०५१ सालमा नवलपरासी १ बाट सांसद जितेका थिए भने २०६४ मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य जितेर कांग्रेस संसदीय दलको सचिव बनेका थिए । उनी अहिले कांग्रेसको नवलपरासी जिल्ला सभापति छन् ।जिसी काग्रेसका लोकप्रिय बिकासप्रेमी र जनताका मन मा बस्न सक्ने दुरदर्शी नेता भएकोले पनि जीसीको गन्डकीको मुख्यमन्त्रीमा बिकल्प नभएको काग्रेस जिल्ला सचिब रानाभाटले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *