बुलिङटारमा ३२० जनाले लिए निःशुल्क स्वास्थ्य  सेवा

पौष, बुलिङटार । ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।  बुलिङटार गाउँपालिका वडा नं. ३ र स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि भरतपुरको संयुक्त आयोजनामा नवलपुुर जिल्ला (बर्दघाट सुस्तापूर्व) मा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. ३ को छुग्दी, बतासा, डाँडाथोक र पिपल्छापमा यही मंसिर २८ ,२९ गते बुधवार र बिहीवार गरी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा उच्च रक्तचाप, मधुमेह, पेट रोग,हाड्जोर्नी तथा नशा बाट प्रभावित ३२० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डा.सन्दिप पाण्डेको नेतृत्वमा डा.आविष्कार चापागाई,स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ, हरि कुमार सारु मगर , रास नारायण कुशवाह र बल बहादुर क्षेत्री लगायतको टिमले बिरामीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

डा पाण्डेका अनुसार शिविरमा उच्च रक्तचाप, मधुमेह, दम रोग, नसा तथा हाडजोर्नी रोगबाट प्रभावित धेरै बिरामी देखा परेको बताउनु भयो । साथै उहाँका अनुसार जटिल रोग बाट प्रभावित १५ जना विरामी देखा परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरेको बताउनु भयो । बुलिङटार गाउँपालिका वडा नं. ३ का अध्यक्ष विष्णु विर जर्घा मगरले थप उपचारका लागि अस्पताल जानु पर्ने बिरामीहरूलाई आफ्नो वडा कार्यालयले सबै तवरले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै शिविर कार्यक्रमलाई वडाका अन्य ठाउँमा समेत निरन्तरता दिने बताउनु भयो ।

शिविर कार्यक्रमको स्थानीय संयोजन बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपालको रहेको थियो । साथै प्राविधिक सहयोग भरतपुरमा रहेको सप्तगण्डकी हस्पिटल प्रा लि ले गरेको हो । शिविरमा औषधि सहयोग एसियन फर्मास्युटिकल्स् प्रा.लि.,क्वेस्ट फर्मास्युटिकल्स् प्रा.लि.र कोरल फर्मास्युटिकल्स् प्रा.लि.को रहेको थियो । शिविर कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै सबै वडाहरूमा संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *