बुलिङटारका व्यवसायी एकरुपता बनाउन वनभोज कार्यक्रम

बुलिङटार,९ पौष
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ का व्यवसायीहरुले वनभोज कार्यक्रम गरि सम्पन्न गरेको छ । बुलिङटार ३ मा रहेको शान्ति पार्कमा व्यवसायीहरु एक आपसमा सम्बन्ध बनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको व्यवसायी साजन स्टेशनरी तथा सज्जन भेराइटी सेन्टर एवं बुलिङटार पहाडी क्याम्पस प्रमुख धर्म राज कुमालले बताउनुभयो । उहाँले यस कार्यक्रमाट सबै किसिमका व्यवसायीहरुलाई एकरुपता ल्याइने अपेक्षा लिइएको बताउनु भयो ।

उक्त कार्यक्रममा खण्डलुक कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक गम बहादुर खण्डलुक, आशिर्वाद निर्माण सेवाका सञ्चालक अतिलाल सुस्लिङ, अर्जुन मोबाइल पसलका प्राेप्राइटर अर्जुन पुलामी, माइला होटल सञ्चालक टिकाराम कुमाल तथा नौमाया कुमाल, रामपुर होटल एण्ड खाजा घरका सञ्चालक हर्ष बहादुर ढेंगा तथा रिता ढेंगा, मदिरा व्यवसायी धनराज कुमाल, बिशाल एण्ड जानकी फ्रेस हाउस सञ्चालक नारायण पुरी तथा दुर्गदेवी पुरी, खाद्यान्न होलसेलका सञ्चालक दुल बहादुर कुमाल तथा जानकी कुमाल, सुस्लिङ कस्मेटिक एण्ड प्लास्टिक हाउसका सञ्चालक प्रेम माया सुस्लिङ, व्यवसायी रामचन्द्र बि.क. तथा नौ माया बि.क, पुलामी एकिकृत कृषि तथा पशुपन्छि फर्मका सञ्चालक पुजा पुलामी, पार्वती टेलर एण्ड बुट सेन्टरका सञ्चालक पार्वती सुस्लिङ मगर, ब्राेइलर फर्मका सञ्चालक राजु गिरी तथा पदमा गिरी, व्यवसायी तारा फाल मगर तथा नानी माया फाल मगर, विद्युत व्यवसायी खड्का बहादुर दराई, कृषि व्यवसायी सरस्वती कुमाल, साजन स्टेशनरी तथा सज्जन भेराइटी सेन्टर युवासरी कुमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *