नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुलिङटार सेवा केन्द्रको २५औं वार्षिक साधारण सभा सम्पन्न

बुलिङटार, २२ पुष
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ मा रहेको नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुलिङटार सेवा केन्द्रले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार संस्थाका सञ्चालक समितिका अध्यक्ष चन्दमणी खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

साधारण सभाको उद्धघाटन पछि मन्तव्य राख्दै प्रमुख अतिथि सुनारीले आर्थिक पारदर्शिता, अनुशासन र नेतृत्वको निरन्तरताका कारण अघिल्लो वर्षमा नवप्रतिभा साकोसका २२ वटा शाखा मध्ये उत्कृष्ट शाखाको रुपमा बुलिङटार सेवा केन्द्रलाई देख्न पाइएको बताउनुभयो । सहकारी एउटा पैसा वचत गर्ने ठाउँमात्र नभई सामाजिक विकासको सहकार्यमा पनि सघाउने अध्यक्ष सुनारी मगरले बताउनु भएको थियो । उहाँले उदाउँदै गरेको यस संस्थालाई बधाई दिदै देशकै ठूलो र नमूना सहकारीको रुपमा क्रियाशील बन्न समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

साधारण सभाका अतिथि तथा बुलिङटार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कमल राज बकावल मगरले नवप्रतिभा साकोसको सेवा उत्कृष्ट भएकाले आफु पनि समावेश भएको बताउनु भयो । उहाँले यस संस्थाले दुख परेको अवस्थामा विभिन्न किसिमका सहयोगहरु गर्दै आएको बताउनुभयो ।

 

संस्थाको बुलिङटार सेवा केन्द्रका शाखा प्रबन्धक दल बहादुर सोती मगरले हाल सम्म यस संस्थामा १९२६ जना साधारण सदस्यहरु समावेश भएको बताउनु भयो । बालबालिका, सुत्केरी महिला देखि वृद्धहरुलाई विभिन्न सहयोग गरेको बताउनुभयो ।

यसैगरि बुलिङटार ५ का वडा अध्यक्ष विजय थापा मगर, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक शम्भुप्रसाद वस्ताकोटी लगायतले मन्तव्य मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो ।

विभिन्न समुहका केन्द्रहरुलाई सम्मान गरेको कार्यक्रममा ६ जना ज्येष्ट नागरिकहरुलाई सम्मन तथा “विपन्न परिवारसँग नवप्रतिभा” भन्ने कार्यक्रम मार्फत ११ जना मा.वि. तहका गरिब तथा जेहेन्दर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा झोला प्रदान गरिएको थियो । यसैगरी कक्षा १२ मा पढ्ने एक जना छात्रलाई ६ महिना सम्मको महिनावारी शुल्क तथा झोला गरि छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

संस्थाका अध्यक्ष खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको साधारण सभा कार्यक्रममा कोषाध्यक्ष कौशिला सापकोटाले कोष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षक समितिका संयोजक आनन्दराज जैशीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसै गरि संस्थाका सहसचिव जोगमाया महतोले आर्थिक वर्ष २०७८÷७९को कार्य प्रगति प्रतिवेदन तथा ०७९÷८० को प्रस्तावित कार्यविवरण प्रस्तुत गर्नु भएको थियो । संस्थाको कार्यक्रममा ८०० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *