बुलिङटारमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

बुलिङटार, ३० पुष
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बुलिङटार गाउँपालिकाको आयोजनामा बुलिङटार ३ चन्टार खेलकुद मैदानमा हुन लागिएको हो । प्रतियोगितामा १० प्रकारको खेल हुनेछ । प्रतियोगिता माघ २ गते देखि ४ गतेसम्म हुनेछ ।

 

बुलिङटारमा ३ दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी भइरहेको छ । त्रीभुवन माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको लागि मैदान सम्याउने र आवश्यक प्रर्वाधार निर्माणको तयारी भइरहेको बुलिङटार गाउँपालिका शिक्षा शाखा अधिकृत बुद्ध प्रसाद रानाभाटले जानकारी दिनुभयो ।

 

प्रतियोगितामा छात्र÷छात्राको गरि भलिबल, कबड्डी, एक सय मिटर देखि ३ हजार मिटर सम्म दौड प्रतियोगिता, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प ज्याभ्लिङ थ्रो ६०० ग्राम र शटपुट ८ पाउण्ड आदि हुनेछ ।
यस प्रतियोगितामा बुलिङटार गाउँपालिका भित्रका ८ वटै मा.वि. तहका विद्यार्थीहरुको सहभागिता रहने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *