गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

१० चैत, पोखरा । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले बताए ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् ।

पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ । मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *