वाग्मती सरकारबाट एमाले बाहिरियो, आजै राजीनामा दिने

चैत्र १०, २०७९

मकवानपुर — नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् ।

एमालेका मन्त्रीहरुले शुक्रबार नै प्रदेशसभा बैठकपछि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले शुक्रबार नै सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छि विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

संघ सरकारमा नयाँ गठबन्धनपछि समीकरण फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *