नवलपुरका पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर हुने

नवलपुर,१५ चैत। नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा नवलपुर जिल्लामा कृयाशिल पत्रकारहरुको निःशुल्क आँखा शिविर हुने भएको छ ।

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुर र रोटरी क्लव कावासोतीको संयुक्त आयोजनामा एक दिने निःशुल्क आँखा शिविर यहि चैत १६ गते मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीमा हुने भएको हो । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको उपलक्षमा चैत्र १६ गते बिहिवार बिहान ८ बजे देखि १२ बजे सम्म पत्रकारहरुका लागि निशुल्क आँखा शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।

शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको रोटरी क्लव कावासोतीका अध्यक्ष भरत शर्मा पोख्रेलले बताउनु भयो ।

निःशुल्क आँखा शिविरमा सम्पुर्ण पत्रकारहरुले आँखा परिक्षण गराएर लाभ लिन नेपाल पत्रकार महासंघ नवलपुरका सचिव बिष्णुप्रसाद गौडेलले आग्रह गर्नु भयो । बिहिवार विहान ८ बजे देखि सुरु हुने शिविरको तयारी पूरा भएको सचिब गौडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *