पाल्पामा बस दुर्घटना हुदा एकको मृत्यु , ३५ घाइते

पबित्रा पराजुली
पाल्पा ,१० बैशाख ।

पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन।

 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेको छ, बसमा यात्रु कति थिए भन्ने यकिन भएको छैन । बस भीरमा अड्किएको अवस्थामा छ। घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताउनुभयो ।

बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *