कावासोती १२ मा बाल अधिकार, कर्तव्य र बालमैत्री स्थानीय शासनको बारेमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कावासोती, १६ वैशाख । बालबालिकाका लागि १ दिने बाल अधिकार, कर्तव्य र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम कावासोती १२ मा सम्पन्न गरिएको छ ।
कावासोती नगरपालिका वडा नं. १२ को आयोजनामा र जागृति बाल तथा युवा सरोकार नेपालसँगको समन्वयमा आ.व. ०७९।०८० बाट विनियोजित बजेटबाट सो कार्यक्रमको आयोजना गरिएको वडा नं. १२ का वडा अध्यक्ष ध्रुव खनाल( दिपेश) ले बताउनुभयो ।

कार्यक्रममा वडाभित्र रहेका १४ वटा टोलहरु, ४ विद्यालयहरु र वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरुलाई बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, बालबालिका सम्बन्धी नेपालले तयार गरेको नीतिहरु र कानुनको अवस्था, बालबालिकाको कर्तव्यहरु र वडालाई बालमैत्री स्थानीय शासन युक्त गराउनको लागि आवश्यक पर्ने सुचकहरुको बारेमा सहजिकरण गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो ।

 

बर्तमान समयमा बालबालिकाहरुले अधिकार मात्र खोज्ने गरेको र कर्तव्यहरु प्रति उत्तरदायी नहुने देखीएकोले अधिकारसँगै कर्तव्यको बारेमा पनि सँगै लैजान आवश्यक देखीएकोले यो विषयबस्तु समावेश गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।

 

कावासोती नगरपालिकामा पछिल्लो समयमा बालमैत्री अभियान वडा तहमा भैराखेको र कावासोती वडा नंं. १२ लाई समेत २०८० को चैत्र मसान्तसम्म घोषणा गर्ने गरीका वडामा विविध कार्यक्रमहरु र अभियानहरु सुरु भएको र यो कार्यक्रमले बालबालिकामा समेत बालमैत्रीको महत्व थाहा पाउने भएकोले यो कार्यक्रम प्रभावकारी रहेको वडा अध्यक्ष खनालले बताउनुभयो ।
आजको कार्यक्रममा अधिबक्ता भुपेन्द्र खनालले बालअधिकारको ऐतिहासिक पृष्ठभुमी र नेपालले तय गरेको नीतिहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

उहाँले बाल अधिकार बर्तमान संविधानमा मौलिक हकको धारा ३९ मा राखीएकोले राज्यले जुनसुकै अवस्थामा भए पनि यो अधिकारहरु प्रत्याभुती गर्नुपर्ने राज्यको दायित्व हुने र बालबालिकाले पाउनुपर्ने अधिकार हुने कुरा उहाँले बालबालिकाहरुलाई बताउनुभयो ।

वडाले बालमैत्री अभियानलाई अगाडी सारिरहेको र वडालाई बालमैत्री गराउनको लागि ५१ सुचकहरुको अवस्था के रहेको छ र कसरी सो सुचकहरु प्राप्त गर्ने भन्ने बारेमा अधिकारकर्मी दिपक शर्माले सहजिकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा अधिबक्ता भुपेन्द्र खनाल, अधिकारकर्मी दिपक शर्मा, नविन मानन्धर र किशोरी अभियन्ता विमाया नेपालीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा भित्रका बालबालिकाहरु, विद्यालयका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु र अन्य व्यक्तिहरु गरी ७० जनाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *