महिला सञ्जाल बुलिङटार ३ मा यमुना सोमै सर्वसम्मत चयन

बुलिङटार, वैशाख २३ । महिला सञ्जाल बुलिङटार ३ मा यमुना सोमै मगरको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । शनिबार सम्पन्न तेस्रो अधिवेशनले सोमै मगरको नेतृत्वमा नयाँ ११ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सञ्जालको कार्य समितिको कार्यकाल २ बर्षको हुन्छ । समितिको उपाध्यक्षमा केस माया खण्डलुक मगर चयन भएका छन् भने सचिवमा बागमती कुमाल, कोषाध्यक्षमा रोमती राना, सह-सचिवमा रेवती पुलामी मगर सर्वसम्मत चयन  हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यमा क्रमशः जमुना बि.क, डिलमाया सुस्लिङ्ग मगर, तिलकुमारी रानाभाट, पूर्णमाया राना, पदमा रानाभाट र जानकी दमै सर्वसम्मत चयन हुनुभएको छ।

महिलाहरुको आवाज बनेर उभिएको संस्था भएकाले महिला अधिकारमा बुलन्द आवाज निकालिराख्नु पर्ने निवर्तमान अध्यक्ष तथा बुलिङटार गाउँपालिकाको कार्यपालिका सदस्य सुनिता सुनारले नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले आफूहरुको कार्यकालभित्रको  हरेक आर्थिक वर्षमा योजना बजेट निर्माणमा महिला सञ्जाललाई पनि सम्बोधन हुने बताउनुभयो ।

नया कार्यसमितिले अब आउदो बैठकबाट सल्लाहकार समिति चयन गरिने नवनिर्वाचित अध्यक्ष सोमै मगरले बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सुनारले नवनिर्वाचित अध्यक्ष सोमै मगरलाई मैन्युट हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *