बुलिङटार, वैशाख २४। बुलिङटार गाउँपालिका वडा नं २ रामकोटमा अदुवा बोकेर आउने क्रममा चन्द्रबहादुर रामजाली मगर नामक किसान भिरबाट लडेर मृत्यु भएको छ । ६६ वर्षीया रामजाली वडाको रामकोटबाट सोही वडाको टेडे बोझासम्म अदुवाको भारी बोकेर भिरालो बाटो आउने क्रममा भिरबाट लडेर मृत्यु भएको मृतकका छोरा दल बहादुर रामजाली मगरले बताए ।
छोरा रामजाली मगरका अनुसार करिब तीन सय मिटर तल खसेको अनुमान छ । उक्त घटना करिब बिहानको ९ बजेतिर भएको स्थानीयले बताए । स्थानीयले उक्त घटनाको मुचुल्काका लागि प्रहरी चौकी बुलिङटारलाई सम्पर्क गरिसकेको तर घटना स्थलमा पुग्न समय लाग्ने भएकाले प्रहरीहरु अहिलेसम्म नपुगेको बताए ।