गण्डकीमा नवलपुरका जिसी सहित ४ जना मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

१५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।ग्रेसभित्रै धेरै मन्त्रीका आकांक्षी हुँदा मुख्यमन्त्री पाण्डेलाई सकस परेको थियो भने मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरका मनाङेलाई मन्त्री बनाउने कि नबनाउने भन्ने द्विविधा पनि उनमा थियो ।

मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि अन्तत मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् ।

नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए । शेखर–गगन समूहका महेन्द्रध्वजले अन्तिममा स्याङ्जाका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए ।

बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।

रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *