बुलिङटार १ बन्यो जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा

बुुलिङटार, ३१ वैशाख
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं १ मा शनिबार जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियान क्षेत्र नं १ नवलपुरको आयोजना र बुलिङटार गाउँपालिका वडा नं १ को प्राविधिक सहयोगमा उक्त वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको हो ।

 

छुवाछुत मुक्त वडा घोषणा गर्नका लागि सबै सुचकहरु पुरा गरि  वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको आयोजक संस्थाका संयोजकले बताए ।

 

वडा नं १ का वडा अध्यक्ष दिल बहादुर सूर्यवंशी, वडा सदस्य थमीसरा बि.क, राष्ट्रिय दलित जागरण अभियानका अध्यक्ष दधिराज परियार, आयोजक संस्थाका सचिव भिम बहादुर बि.क, स्थानीय धन माया श्रेष्ठ, शिक्षक लोक बहादुर रामदाम, देव राज बि.क आदिले यस प्रकारको अभियानलाई घोषणामा मात्रै सिमित नभई व्यवहारमा पनि कार्यन्वयन हुनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *