बुलिङटारको पर्यटकीय स्थल घुमाउरीघाट गएर फर्केको बस तरङ्ग उकालो पल्टिँदा ९ घाइते

बुलिङटार १६ जेठ
कालीगण्डकी करिडोर अन्तर्गत गैंडाकोट ३ तरङ्ग उकालोमा बस पल्टिँदा ९ जना घाइते भएका छन् । उकालो उक्लने क्रममा ब्रेक फेल भएर बा२ख ७५८३ नम्बरको बस दुर्घटना भएको हो ।

मंगलबार बुलिङटार गाउँपालिकाको  धार्मिक तथा पर्यटकीय स्थल घुमाउरीघाट स्थित अनाथ आमा आश्रममा गएर भरतपुर फर्केका २७ जनाको सवार मध्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।

घाइतेहरुलाई  बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर सहित शसस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा मगरको कमान्डमा गएका टोली, गैंडाकोट प्रहरी निरीक्षकका टोलि, बुलिङटार प्रहरी थानाका टोली लगायत बुलिङटार १ का स्थानीयहरुको सहयोगमा उदार गरि चितवन स्थित नयाँ मेडिकल कलेज पठाइएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *