बुलिङटार, २४ जेठ। पछिल्लो समय गर्मी बढेसंगै नवलपुरको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु पनि गर्मीका कारण ३ दिन विद्यालय बन्द गरिएको छ ।
गाउँपालिकाका शिक्षा समितिको बैठक बसेर गर्मी निकै बढेर विद्यालय आउनजान तथा पठनपाठनमा निकै असहजता भएकाले बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले मंगलबार एक सूचना जारी गर्दै २४ गते देखि २६ गतेसम्म ३ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
अहिले गरिएको बिदालाई वर्षे विदाबाट समायोजन गर्न पनि अनुरोध गरिएको छ । सामुदायिक तथा संस्थागत सवै विद्यालय वन्द हुने भएका हुन् । गर्मी बढेसँगै आफ्नो स्वास्थ्यको ख्याल राख्न प्रशासनहरुले पनि सूचना जारी गर्न सुरु गरेका छन् ।
गाउँपालिकाभित्र हाल निजी १ र ४१ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।