देवचुली नगरपालिकाले दमकल खरिद गर्ने

राजु चापागाईं
देवचुली। देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो ।देवचुली नगरपालिकाले गैंडाकोट नगरपालिकासँग साझेदारी गरि दमकल खरिद गर्न  लागिएको उप प्रमुख तिवारीले बताउनुभयो ।

गैंडाकोट नगरपालिकाको ७०% र देवचुली नगरपालिकाको ३०% सहकार्यमा दमकल खरिद गर्न लागिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । दमकल खरिद गरि सशस्त्र प्रहरी क्याम्प भेडाबारीमा राख्ने र त्यहाँबाट नै परिचालन गर्ने गरि योजना गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार नगरमा दमकल हुँदा आगलागी जस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने र जोखिम कम हुनेछ ।

देवचुली नगरपालिकाले दमकल खरिद गर्नका लागि ३० लाख बजेट व्यवस्था गरेको छ भने गैंडाकोट नगरपालिकाले दमकल खरिद तथा व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *