पहिराको कारण नवलपुरको पहाडी क्षेत्रमा यातायात अवरुद्ध

दयाराम आचार्य
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा संचालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले– कुमसोत– पोखरी खण्ड अन्र्तगत हुप्सेकोट गाउँपालिका –५, पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताउनुभयो ।

पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको ट्राफिक प्रमुख पौडेलले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदले तर्फ छुट्ने सवारी संचालनमा आउन सकेका छैनन् ।पहिराले बाटो अवरुद्धहुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।

यसै गरि कालिगण्डकी करिडोरको नवलपुर खण्ड समेत पहिराको कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोर अन्र्तगत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख पौडेलले बताउनुभयो ।
जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात संचालनमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *