कावासाेतीले बाड्याे दुग्ध उत्पादक किसानलाई २६ लाख २० हजार नगद अनुदान

दयाराम आचार्य, कावासोती । नवलपुरकाे कावासाेती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ। नगरपालिकाले नगर भित्र रहेका दुग्ध उत्पादक किसानलाई २६ लाख २० हजार ८०३ रुपैयाँ नगद अनुदान बितरण गरेको हाे ।
पालिका भित्र रहेर दूध उत्पादन गर्ने किसानलाई पालिकाले प्रति लिटर १ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको पशु विकास शाखाका प्रमुख डा. टेकराज पाैडेलले बताउनुभयो ।

चालू आर्थिक वर्षमा पालिका भित्रका चारवटा सहकारी मार्फत दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराइएको हाे । यस वर्ष चारवटा सहकारी मार्फत संकलित १७ लाख ४७ हजार २०२ लिटर दुधका लागि रु. २६ लाख २० हजार ८०३ अनुदान उपलब्ध गराईकाे शाखा प्रमुख डा. पाैडेलले बताउनुभयो ।

नगरपालिका भित्र रहेका शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासाेती-२, एकीकृत दुग्ध विकास सहकारी कावासाेती-८,सानाकिसान कृषि सहकारी कावासाती-१४ र जनकल्याण दुग्ध विकास सहकारी कावासाेती – १७ मार्फत संकलित दुधकाे लागि अनुदान प्रदान गरिएको हाे। कावासाेती नगरपालिकाले विगत चारवर्ष देखि किसानलाई दुधमा अनुदान प्रदान गर्दै आएकाे छ। चारवर्षकाे अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई रु १ कराेड १६ लाख अनुदान उपलब्ध गराएको छ। पहिलाे वर्ष प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएको नगरपालिकाले हाल प्रतिलिटर एक रुपैयाँ ५० पैसा अनुदान उपलब्ध गराउँदै आएको छ।

नगरपालिकाले उत्पादनका आधारमा दुग्ध उत्पादक किसानलाई प्राेत्साहन स्वरुप अनुदान वितरण गरिएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई प्राेत्साहनका लागि पालिकाले अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । अनुदानले किसानलाई उत्पादनमा प्रेरिरत गर्ने अपेक्षा लिइएको नगरप्रमुख भुसालले बताउनुभयो । यसले केही भएपनि उत्पादन लागत घटाउन र मुनाफा धेरै लिन सहयोग पुग्ने उहाँले बताउनुभयो । नगर प्रमुख भुसालले आगामी आर्थिक वर्षमा हाल दिदै आएको दुधकाे अनुदान रकमलाई वृद्धि गर्ने बताउनुभयो । किसानलाई थप अनुदान ,सहयाेग,बजारिकरण लगायतका कार्यक्रम पालिकाले गर्ने उहाँले बताउनुभयो । पशुपालक किसानलाई दानामा धेरै लागत पर्दै आएकोमा आगामी दिनमा पशु आहारा उत्पादन गर्ने गरि साइलेज उधाेग स्थापना गर्ने याेजना रहेको नगर प्रमुख भुसालले बताउनुभयो । दूध प्रसाेधन केन्द्र स्थापना गर्ने नगरकाे नीति तथा कार्यक्रममा समेत रहेको छ।

नगर उप प्रमुख फूलकुमारी थनेतले पशुपालक किसान पलायन हुने अवस्थामा पुगेको हुँदा थप प्राेत्साहन आवश्यक भएको आफूहरुले महसुस गरेको बताउनुभयो । पालिकाले सक्दाे सहयाेगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
पालिकाकाे विविध सिमितता भए पनि किसानलाई थाेरै भएपनि सहयाेग गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर भण्डारले बताउनुभयो ।

पालिकाले प्रदान गरेको अनुदानले दुग्ध उत्पादक किसानलाई केही भएपनि राहत पुग्ने साना किसान कृषि सहकारीका अध्यक्ष हरि बस्नेतले बताउनुभयो ।पालिकाले किसानलाई थप सहयोग पुग्ने कार्यक्रम ल्याउन समेत उहाँले अनुरोध गर्नुभयो । अनुदान वितरण कार्यक्रममा नगर प्रमुखका राजनीतिक सल्लाहकार रामकृष्ण ढुङ्गाना, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *