भन्सार छलेर ल्याएका अवैध सामान बरामद

कावासोती, साउन १७ गते
जिल्ला प्रहरी कार्यालय नवलपुरले भारतबाट भन्सार छलेर ल्याएका अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय राजमार्ग सडक किनारमा बेवारिसे अवस्थामा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको तीन लाखभन्दा बढीको मालसामान बरामद गरेको हो ।

बरामद भएको सामानमासुर्ती २१ के।जी, रुद्राक्ष १०० के।जी, लेडिज टप्स ३१० पिस, ल्यापटपमा लाग्ने व्याट्री ७६ पिस, फलामको प्वाल भएको पाईप २५ के।जी, वाईन कप ५० के।जी।,भाईजर १४ पिस, पान मसला १०८ प्याकेट, क्इक् ३४ प्याकेट, कफी २१३ प्याकेट र नरिवल १० बोरा २३६ के।जी। गरि रहेको प्रहरी नायव उपरिक्षक बेलबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले भन्सार छली पैठारी गरी ल्याएका विभिन्न किसिमका सामग्रीबाट रु। ३,४०,३००।– बरावरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुर जनाएको छ । भन्सार छलिका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिवेणी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *