कावासोती र हुप्सेकोटमा श्रावण २६ गते सम्म विद्यालय बन्द

कावासोती : आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछी कावासोती नगरपालिकाले श्रावण २६ गते सम्म सार्बजनिक बिदा दिएको छ । नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी ले सोमबार एक सुचना जारी गर्दै नगर भित्रका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा श्रावण २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख छ । 
आँखा पाक्ने रोगको संक्रमण तिब्र गतिमा फैलिरहेकाले बिज्ञहरु सहितको सुझावको आधारमा बिद्यालय बन्द गर्ने निष्कर्षमा नगरपालिका पुगेको सुचनामा उल्लेख छ ।

यसै गरि हुप्सेकोट गाउँपालिकाले पनि श्रावण २६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत तेजचन्द्र खनालले एक सुचना जारि गर्दै आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय बन्द गर्न  आव्हान गरेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *