देवचुलीमा बालिका अधिकार संरक्षणमा बाल क्लबको भूमिका विषयक छलफल सम्पन्न

राजु चापागाई,देवचुली। देवचुलीमा बालिका अधिकार संरक्षणमा बाल क्लबको भूमिकाका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा नवलपुर किशोरी संजालको आयोजनामा जागृति बाल क्लब,जागृति बाल तथा युवा सरोकार नेपाल र एसियन गर्ल्स अभियानको सहकार्यमा देवचुली १० मा रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रमा बालबालिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

जागृति बाल क्लबका अध्यक्ष शिव पौडेलको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाको उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा,देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर,देवचुली नगरपालिकाका परामर्शदाता नारायण पौडेल ,जिल्ला बाल संजालका अध्यक्ष कृशला शर्मा,देवचुली नगरपालिका नगर बाल संजालका अध्यक्ष आस्था अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले बालबालिकाको लागि आजको दिन ऐतिहासिक भएको र जागृति बाल क्लबलाई २०५८ साउन २५ गते सर्वोच्च अदालतले कानुनी मान्यता दिएकोले आज बालबालिकाहरु गोलबद्ध हुँदै आफ्नो आवाज राख्ने अवसर पाएको बताउनुभयो । बालिका अधिकार संरक्षणका लागि सबै जना हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुने वक्ताहरुले बालिका संरक्षणका लागि लाग्नुपर्ने बताएका थिए। कार्यक्रममा जागृति बाल क्लबका संस्थापक सचिव सोम सुवेदी,देवचुली नगरपालिकाको नगर प्रमुखको सचिवालय सदस्य सागर न्यौपाने,जिल्ला बाल संजाल नवलपरासी संस्थापक सचिव केवी राना,देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता नारायण पौडेल, जागृति बाल क्लबका सल्लाहकार होमनाथ पौडेल,देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा विभिन्न विद्यालय तथा बाल क्लबका १४० जना बालबालिकाको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण किशोरी अभियन्ता रेजिना घर्ती मगरले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *