कावासोतिमा युवा दिवसको अवसरमा छोरीहरुले आमाहरुलाई बाल बिवाहको बारेमा सचेत गराउदै

कावासोति नगरपालिका वार्ड नम्बर ४ मा छोरिहरुले आमाहरुलाई बाल बिवाहको बारेमा सचेतना र छलफल गरि अन्तर्राष्ट्रिय युवा दिवस २०८० मनाएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा, क्यान्नलान स्विजरल्याण्डको सहयोगमा, नवलपुर किशोरी संजाल, कावासोती वडा नं ४ र आमा समुहहरुको समन्वयमा बाल विवाह न्यूनीकरणमा अभिभावक र आमा समुहको भुमिका बारे छलफल कार्यक्रम सम्पन्न गरिएको सस्थाकि राधा देवि बोटेले बताउनु भयो ।

बालबालिका माथी हुने हिंसा र बाल बिवाह विरुद्धको अभियानमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने भन्दै यो सचेतनाको कार्यक्रम तयारी गरिएको सस्थाले बताएको छ ।
कार्यक्रममा बालबालिका भनेका को हुन् ? कुन उमेर समुहलाई बालबालिका भनिन्छ? बाल विवाह भनेको के हो? बाल विवाह हुनुका कारणहरु के हुन् ? बाल विवाह गर्दा शारीरिक, मानसिक र सामाजिक रुपमा कस्तो प्रभाव र असरहरु पर्छ ? बाल विवाह रोकथाम र न्यूनीकरणमा अभिभावक र आमा समुहले कसरी भुमिका निर्वाह गर्न सकिन्छ ? बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरुमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? बाल विवाह गर्दा र गराउँदा कानुनी रुपमा हुने दण्ड सजायहरु के के हुन भन्ने वारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा किशोरी शसक्तिकरणका साथी शिक्षकहरु गोमा पाण्डे, भावना भण्डारी, रिम कुमारी ओन्टाकी र सस्थाका सहजकर्ताहरु राधा देवी बोटे, आशा वि.क. ले कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु, कार्यक्रमको गर्नुको उदेश्य र विषयवस्तुको बारेमा जानकारी दिँदै सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवस २०८० को अवसरमा “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, नवपर्वतन र उद्यमशिलतामा हरित सीप विकास” नारा सहित समुदाय स्तरमा अभिभावक, आमा समुहका प्रतिनिधि, सरोकारवाला, किशोर किशोरीहरुमा अनुभवहरु समेत आदानप्रदानको लागी आयोजना गरिएको सस्थाले बताएको छ ।
कार्यक्रममा उपस्थित आमा समुहका पदाधिकारीहरुले बाल बिवाह न्यूनीकरणको लागि बिधालय, समुदाय र स्वयम बालबालिकाले नै जिम्मेवार पुर्वक कामहरु गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
पहिला अभिभावकले गर्ने बाल बिवाह बढी रहेको तर अहिले आफै भागेर गर्ने भएकोले किशोर किशोरी लक्षित यस्तै अभियानहरु निरन्तर आवश्यक रहेको सरस्वती माध्यमिक बिधालयका ब्यबस्थापन समितीका अध्यक्ष शुसिल पौडेलले बताउनु भयो ।

कार्यक्रममा किशोरीहरुले बाल विवाह विरुद्ध विभिन्न सचेतनामुलुक पम्प्लेट र पोस्टरहरु समेत प्रदर्शनी गर्नु भएको थियो ।
कार्यक्रमको सभाध्यक्ष तथा सत्यवती आमा समुहका अध्यक्ष गिता पाण्डे, प्रमुख अतिथि कावासोती वडा नं ४ का वडा सदस्य थमान सिंह कानुन, विशेष अतिथि सरस्वती मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेल, सत्यवती आमा समुह, सहेली आमा समुह र मगर आमा समुहका प्रतिनिधिहरु, खानेपानी संस्थाका प्रतिनिधि, बालक्लवका प्रतिनिधि, अभिभावक, किशोर किशोरी, साथी शिक्षकहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *