फुलमादी खोलामा पौडी खेल्ने क्रममा कोखेटारका बालक डुबेर बेपत्ता

नारायण शर्मा

नवलपरासी — नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं ४ कोखे गाउँका एक बालक गण्डकीमा डुबेर बेपत्ता भएका छन् ।

कोखे गाउँका १३ वर्षीय बालक सन्तोष दरै सोमबार गण्डकीमा डुबेर बेपत्ता भएका हुन् । साथीहरूसँग नदीमा पौडी खेल्न गएका दरै डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१३ वर्षीय दरैसँगै नदीमा पौडी खेल्ने क्रममा डुबेका अर्का बालकको भने उद्धार गरिएको छ । स्थानीयहरूले ती बालकको उद्धार गरेका थिए । बेपत्ता भएका दरैको भने सोमबार राति अबेरसम्म खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *