गैंडाकोटकै पहिलो बालमैत्री विद्यालय गैंडाकोट इङ्ग्लिस स्कुल “क” श्रेणीमा पर्न सफल, जसले दिन्छ कुल विद्यालयको १० प्रतिशतभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति

गैंडाकोट। गैंडाकोटमा रहेको गैंडाकोट इङ्ग्लिस स्कुल गैंडाकोट नगरपालिकाकै “क” श्रेणीमा पर्न सफल भएको छ। नगरभित्रका संस्थागत विद्यालयहरु मध्यका “क” श्रेणीमा पर्न सफल भएको विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले बताउनु भयो ।

मंगलबार विद्यालयले चितवन र नवलपुरका पत्रकारहरुबीच पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो। वि.सं. २०६२ मा स्थापना भइ सञ्चालनमा आएको विद्यालय हालसम्म आउदा नगरभित्रका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको वर्गीकरणका आधारमा गैंडाकोट इङ्ग्लिस स्कुल “क” श्रेणीमा पर्न सफल भएको प्रधानाध्यापक अर्यालले बताउनुभयो ।

गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अनुसार नगरका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल भएको हो । शिक्षा शाखाले विभिन्न विज्ञ सहितको टोली बनाएर हरेक विद्यालयहरुमा पुगेर त्यहाँको भित्री अवस्थाबारे विभिन्न सुचकहरुमा गहिरो अध्ययन गरि वर्गिकरण गरिएको जनाएको छ । ९० भन्दा बढी सुचकहरुलाई आधार मानेर गरिएको अध्ययनका क्रममा गैँडाकोटमा गैँडाकोट इङ्गलिस स्कुल मात्रै “क” श्रेणीमा रहन सफल भएको हो ।

उक्त विद्यालय गैंडाकोट नगरपालिकाकै पहिलो बालमैत्री तथा वातारणमैत्री विद्यालय समेत बनिसकेको छ। २०७२ सालमा उक्त विद्यालय बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषणा भएको प्रधानाध्यापक अर्यालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा विद्यालयले प्रस्तुत गरिएका प्रगति विवरणहरु निम्नानुसार छन् ।

• गैंडाकोट नगरपालिकाद्वारा पहिलो बाल मैत्री तथा वातावरणमैत्री विद्यालय घोषित (वि.सं.२०७२)

• गैंडाकोट नगरपालिका तेश्रो नगरसभाद्वारा सम्मानित वि.स.२०७३)

ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA) प्राप्त (वि.सं. २०७४)

• ब्रिटिस काउन्सिलद्वारा Connecting classroom अन्तर्गत गैंडाकोट इङ्गलिस स्कुल र बेलायतको आयरल्याण्डमा अवस्थित Botanic Primary School विचमा Teacher Exchange Program सम्पन्न : J Beena Koirala and Nicola Gunn. (वि.सं. २०७५)

• यस विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुद्वारा विश्वका विभिन्न विश्वविद्यालय तथा संस्थाहरुद्वारा प्रदान गर्ने Massive Open Online Courses (MOOCS) अध्ययन गरी ५०० भन्दा बढी प्रमाणपत्र प्राप्त, प्रमाण पत्र प्रदान गर्न तत्कालिन American Embassy Kathmandu का Regional English Language Officer (RELO) Chan Curtis ले विद्यालयको भ्रमण (वि.सं. २०७५)

• अमेरिकन सरकारको पूर्ण छात्रवृत्ति, Fullbright Teaching Excellence and Achievement. Program (FTEA) प्राप्ति J. Beena Koirala Academic Director. (वि.सं. २०७६ )

• ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA) पुनः प्राप्त (वि.सं. २०७७) गैंडाकोट नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखाबाट ‘क’ वर्गको श्रेणी प्रदान। (वि.सं.(२०८०)

अमेरिकन सरकारद्वारा Citizen Diplomacy Action Fund परियोजन स्वीकृत (वि.सं. २०५०)

• प्रत्येक वर्ष जिल्ला स्तरीय स्त्रयाबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको (वि.सं. २०७५ देखि र वि.सं. २०७९ मा स्वयाबल राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएको। सन् २०२२ को अन्तर्राष्ट्रिय स्वयावल प्रतियोगितामा (बङ्गलादेश) यस विद्यालयका अर्नभ पाण्डेले प्रथम स्थान हासिल।

साथै विद्यालयले कुल विद्यार्थीको दस प्रतिशतभन्दा बढी विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। शिक्षा नियमावलीले कुल विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति अनिवार्य उपलब्ध गराउनु पर्छ भनिएता पनि आफूहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर किसान साकोसको समन्वयमा विभिन्न विधामा छात्रवृत्ति उपलब्ध गराइएको बताउनुभयो ।

गैंडाकोट इङ्गलिस स्कूललाई यस क्षेत्र र देशकै अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि आगामी दिनहरुमा विद्यार्थीहरुमा आवश्यक पर्ने व्यवहार कुशल र जीवनोपयोगी सिपका साथै आवश्यक Soft skills को विकास गर्दै अगाडि बढ्ने योजना रहेको अर्यालले जानकारी दिनुभयो ।

प्रधानाध्यापक अर्यालले विद्यालयलाई आजको अवस्थासम्म ल्याई पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षक-कर्मचारी, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार मण्डल, शिक्षक-अभिभावक संघ, विद्यार्थीहरु, शुभ चिन्तकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *