जिल्लाकै पहिलो डिजिटलाइजेसनमा जोडियो बुलिङटारका स्वास्थ संस्थाहरु

बुलिङटार। नवलपुरको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिकाका सामुदायिक स्वास्थ इकाइहरु तथा स्वास्थ्य चौकीहरुमा जिल्लाकै पहिलो डिजिटलाईजेसन शुरु भएको छ । बुलिङटार गाउँपालिका भित्रका ५ वटा सामुदायिक स्वास्थ्य इकाई, ५ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरि ११ वटा स्वास्थ सेवा दिने संस्थाहरुमा डिजिटलाइजेसन सुचारु भएको बुलिङटार स्वास्थ शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।

जिल्ला स्वास्थ कार्यलय नवलपुरको निर्देशन अनुसार ८ वटै पालिकामा गर्नुपर्ने देखिन्छ । तर जिल्लाको विकट पालिका बुलिङटार गाउँपालिकाका स्वास्थ संस्थाहरुमा भने जिल्लाकै पहिलो डिजिटलाइजेसन शुरु भएको छ।

उक्त प्रविधिको सुचारु भएसँगै अब कुन बिरामीलाई कस्तो किसिमको अौषधी वितरण गरिएको छ भन्ने कुरा अनलाइनबाट हेर्न सकिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ” डिजिटलाइजेसन शुरु भएसँगै अब पहिला पहिला जस्तो हातले कागजमा रिपोर्ट टिप्नु पर्दैन । अब सिधै अनलाइनमा दर्ता हुन्छ। हामीले रिपोर्ट गरे पछि जिल्ला स्वास्थ कार्यालय, प्रदेश हुदै केन्द्रले समेत सिधै देख्न सकिन्छ ।”

बुलिङटारमा यस किसिमको प्रविधि भदौ ६ गतेदेखि सुचारु भएको श्रेष्ठले बताउनुभयो ।
hmis.samyantra.org.com बाट समाबेश भएका डाटाहरु हेर्न सकिन्छ । तर उक्त डाटाहरु सम्बन्धित स्वास्थ संस्थाहरुले मात्र हेर्न मिल्ने र आवश्यक जानकारी स्वास्थ शाखा प्रमुखले सार्वजनिक गरिने श्रेष्ठले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *