बुलिङटार एक ढाडबेसीको सृजना महिला समुह सरसफाइमा ध्यान दिदै

बुलिङटार।भदौ २० बुधबार,

बुलिङटार गाउँपालिका वडा नं एक ढाडबेसी स्थित रहेको सृजना महिला समुह सरसफाइमा निकै ध्यान दिइएको छ। पछिल्लो समय तीज तथा विभिन्न चाडपर्व नजिकिएसँगै उक्त महिला समूह सरसफाइ मा अग्रसर देखिन्छ ।

 

यस्तै सोमबार सृजना महिला समूहले कालीगण्डकी करिडोर अन्तर्गत ढाडबेसी वरिपरि सरसफाइ गरेको छ। करिडोर वरिपरि वनले ढाकेपछि सडकमा दुर्घटना हुन सक्ने भन्दै झारहरु फाँडेको सृजना महिला समूहका अध्यक्ष गन माया ठाडा मगरले बताउनुभयो ।

यसैगरी अरुणोदय युवा क्लबको परिसर वरिपरि उक्त समूहको नेतृत्वमा सरसफाइ गरिएको स्थानीय भोज कुमार डिसुवा मगरले बताउनुभयो ।

गैंडाकोटका गोपेन्द्र केशरी न्यौपानेले सृजना आमा समूहलाई सारी वितरण गरिएको छ । आज बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरको हातबाट सृजना आमा समुहलाई ७० वटा सारी हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुनारी मगरले पालिका भरिका सबै आमा समुहहरुले यस्तै सरसफाइ अभियानलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले नजिकिँदै गरेको तीज पर्वको शुभकामना समेत दिनुभएको थियो ।

 

सृजना महिला समूहले आफ्नो समूहमा आवद्ध भएका महिलाहरुलाई सुत्केरी हुदा पौष्टिक आहार स्वरुप एक माना घिउ र अण्डा समेत वितरण गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *