बुलिङ भलायटार विकास समाजको अधिवेशनबाट अध्यक्षमा पुलामी मगर सर्वसम्मत चयन

बुलिङटार। नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ भलायटारमा सञ्चालित, बुलिङ भलायटार विकास समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुराना कार्यसमितिलाई विधाई गरि नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा अर्जुन पुलामी मगरलाई सर्वसम्मत चयन गरिएको छ भने अधिवेशनबाट पुलामी मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

जसको उपाध्यक्षमा दुर्गा बहादुर बिर्कट्टा मगर, सचिवमा तिलक बहादुर झेंडी मगर, कोषाध्यक्षमा हेमन्ती चितौरे मगर, सहसचिवमा भुवन सिं पुलामी मगर सहित सदस्यहरुमा तुल बहादुर राना मगर, रिमा चिडी मगर, जगत बहादुर बिर्कट्ट मगर, बालकुमार चितौरे मगर, समिक्षा पुलामी मगर, रिमिसरा सार्की, रेवती पुलामी मगर, निराज कानु मगर, होम बहादुर बिर्कट्टा मगर, शेखर सुस्लिङ्ग मगर लगायतलाई सर्वसम्मत चयन गरिएको छ।

यस्तै सल्लाहकारहरुमा भविलाल राना मगर, दानकाजि बिर्कट्टा मगर, नारायण पाटा मगर, यमुना बिर्कट्टा मगर, जित बहादुर बिर्कट्टा मगर, तिलक बिर्कट्टा मगर, इन्द्रबहादुर पुलामी मगर, जगत सिं पुलामी मगर, विष्णुविर दर्लामी मगर लगायतलाई चयन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडा नं ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा मगरले पुराना कार्यसमितिलाई धन्यवाद दिदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले यस्ता विकास समाजले आफ्नो गाउँ आफै बनाउने कार्यमा धेरै सहयोग हुने बताउनुभयो । उहाँले गाउँ टोलका सकारात्मक विकासहरुमा जनप्रतिनिधिहरुलाई सघाउन सक्ने अपेक्षा लिइएको बताउनुभयो । अध्यक्ष जर्घा मगरले यस्ता विकास समाज, विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दै वडा विकास तर्फ अघि बढ्ने समेत बताउनुभएको थियो ।

कार्यक्रममा बुलिङटार गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णुविर जर्घा मगर, महेन्द्र प्रा.वि का प्रधानाध्यापक भविलाल राना, ज्ञानोदय प्रा.वि का प्रधानाध्यापक तिलक बिर्कट्टा मगर, महिला सञ्जाल बुलिङटार ३ का अध्यक्ष यमुना बिर्कट्टा मगर, भलायटार टोलका बुद्धिजीवीहरु लगायत बुलिङ भलायटार विकास समाजका सकृय सदस्यहरुको सहभागी रहेको थियो ।

कार्यक्रम बुलिङटार ३ ज्ञानोदय प्रा.वि. को प्राङ्गणमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *