अक्सफोर्डको अर्को सफलता : सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीलाई ४ जीपीए

गैँडाकोट । पोखरा विश्वविद्यालयले लिएको सिभिल इन्जिनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामा अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इन्जिनियरिङ्ग तर्फको नजितामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४एसजीपीए ल्याउन सफल भएका छन् ।

सिभिल इन्जिनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एसजीपीए ल्याएकोमा अक्सफोर्ड कलेजका मात्रै १० जना विद्यार्थीहरुले ४ एसजीपीए हासिल गरेका हुन् ।एउटै कलेजका १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याउनु विश्वविद्यालयकै इतिहासमा नयाँ रेकर्ड भएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्रोफेसर इ. हरि भण्डारीका अनुसार अक्सफोर्ड कलेजका ८ जना छात्रा र २ छात्र गरि १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याएका छन्।

विद्यार्थीहरु एलिसा कुमारी शाह, हिमा पुन मगर, रोशनी श्रेष्ठ, समिक्षा भट्टराई, सरिना श्रेष्ठ, सोनिया सापकोटा, बिलिया शर्मा, सुस्मिता बास्तोला, अमित कुमार यादव र पारस पण्डितले ४ एसीजीपीए प्राप्त गर्न सफल भएका हुन् । विश्वविद्यायमै २४ जना विद्यार्थीहरुले ४ ४ एसीजीपीए ल्याएकोमा अक्सफोर्डका मात्रै १० विद्यार्थीहरु पर्न सफल भएका छन् । गत असार अन्तिम साता लिइएको सिभिल इन्जििनियरिङ्ग तर्फ कुल ८३ जना परिक्षार्थीले जाँच दिएकोमा ७० जना विद्यार्थीहरु उर्तिण भएका हुन् ।त्यसैगरी इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा समेत अक्सफोर्ड कलेजले नयाँ रेकर्ड कायम गरेको छ । विश्वविद्यालयमै अक्सफोर्डका विद्यार्थीहरु स्वेता गुरुङ र सन्दिप श्रेष्ठले मात्र ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिबिएमा १ जना विद्यार्थी (सुनिता थापा मगर)ले ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिसीएमा १ जना विद्यार्थी ज्योती शर्माले ४ एसजीपीए ल्याएका छन् । पोखरा विश्वविद्यालयमा नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज सहित १५ वटा कलेजहरु आवद्ध रहेका छन् ।

अक्सफोर्ड कलेजका बिइ संयोजक भिम भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको सबैको समन्वयका कारण कलेजले राम्रो नतिजा प्राप्त गरेको बताउनुभयो । कलेजका विद्यार्थीहरुले प्राप्त गरेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै उहाँले शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाइ धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।

विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *