बुलिङटार तीनमा कुकुरको आतंक; सतर्कता अपनाउन वडा अध्यक्ष जर्घा मगरको आग्रह

बुलिङटार । नवलपुरको पहाडी पालिका बुलिङटार गाउँपालिका वडा नं तीनमा कुकुरको आतंक बढेको छ। वडाका विभिन्न टोलमा आफ्नै सुरमा हिडेका मानिसहरूलाई देख्ने बित्तिकै बौलाहा कुकुरले टोक्न आउने स्थानीयहरुले बताउछन् ।

सोमबार साँझसम्म मात्रै ४ जना घाइतेहरुलाई इन्जेक्सन लगाएको र आफूहरुसँग सकिएको कारण तीनजनालाई भरतपुर सरकारी अस्पतालमा रिफर गरिएको बुलिङटार प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत डाक्टर बुद्धि कुमारी बुढा मगरले बताए । उक्त कुकुरले टोकेर अहिलेसम्म ७ जनालाई घाइते बनाइसकेको छ ।

 

बौलाहा कुकुरको आतंक बढेकाले वडा बासिन्दाहरुलाई सतर्कता अपनाउन बुलिङटार तीनका वडा अध्यक्ष बिष्णु वीर जर्घा मगरले आग्रह गरेका छन् । उक्त बौलाहा कुकुरको खोजी कार्य जारी रहेको अध्यक्ष जर्घा मगरले बताए । उक्त कुकुरले अन्य कुकुरहरुलाई पनि तोकिसकेको र ती तोकेका कुकुरहरुले पनि त्यसरी नै आतंक मच्चाएको कारण खोजी कार्य गरि मार्न आफूले प्रहरी र स्थानीयहरुलाई आग्रह गरेको बताए छन् ।

बौलाहा कुकुर धेरै भएकाले कुकुरलाई खोज्न निकै समस्या हुने भएकाले प्रहरी चौकी बुलिङटारलाई पनि स्थानीयबासिन्दाको सहयोग आवश्यकता रहेकोले प्रहरी र स्थानीय मिली समस्याको समाधानमा एक हुनु पर्ने अध्यक्ष जर्घा मगरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *