तिहार अघिनै कावासोतीमा फिल्महल संचालन हुँदै

दयाराम आचार्य,

कावासोती । नवलपुरको कावासोतीमा फिल्महल संचालनको तयारी गरिएको छ । सुविधा सम्पन्न फिल्महल संचालनको अन्तिम तयारी गरिएको छ । यस अघि संचालनमा रहेको गतपति फिल्महलमै कावासोती सिनेम्याक्स संचालनको तयारी गरेको हो ।

पुरानो हललाई व्यस्थित र सुविधा सम्पन्न रुपमा परिमार्जन गरि संचालनको तयारी गरिएको संचालक भरत मल्लले बताउनुभयो । तिहार अगाडीबाटनै फिल्म संचालन हुने संचालक मल्लले बताउनुभयो । कावासोती सिनेम्याक्समा दैनिक रुपमा विहान देखि रात्रि शो समेत संचालन हुनेछन् । सबैलाई आफ्नो समयानुकुल फिल्महेर्ने वातावरण मिलाउने गरि शोहरु संचालन गरिने मल्लले बताउनुभयो ।

कावासोतीका दर्शकले काठमाण्डौँमा रिलिज हुने फिलिम सोही दिन यहिबाट हेर्न पाउनेछन् । कावासोतीमा संचालन हुन लागेको हल उच्च प्रविधि मैत्री हुने छ । । आरामदायी सिट, ठूलो पर्दा ,पार्किङको सुविधा, क्याफे सहित हल संचालन हुन लागेको हो ।

यहि काक्तिक १५ गते शुभ साइत गर्ने र लगतै प्रिमियर शो संचालन गरि नियमित रुपमा फिल्म चलाइने संचालक मल्लले बताउनुभयो । करिब दुई सय २५ सिट क्षमतामो हलमा दुई वटा विशेष क्याबिन कक्ष समेत रहने छन् । जसमा करिब ३० सिट क्षमता रहने छ ।

कोरोना महामारी शुरु भएसँगै  कावासोतीमा रहेको गणपति फिल्महल बन्द भएको थियो । कावासोतीमा संचालनमा आउन लागेको कावासोती सिनेम्याक्स संचालन पछि जिल्लाकै एकमात्रै फिल्महल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *