बुलिङटारमा छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८० हुने

बुलिङटार, २१ कार्तिक
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा छैठौं  पालिका  स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुलिङटार ३ चन्टार खेलकुद मैदानमा हुन लागिएको हो । प्रतियोगितामा १० वटा भन्दा बढी प्रकारको खेल हुनेछ । प्रतियोगिता कार्तिक  २२ गते देखि २४ गतेसम्म हुनेछ ।

चन्टार खेल मैदानमा ३ दिनसम्म सञ्चालन हुने १६ ओेँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको २०८०का लागि तीव्र रुपमा तयारी भइरहेको छ बुलिङटार गाउँपालिका शिक्षा शाखा अधिकृत बुद्ध प्रसाद रानाभाटले जानकारी दिनुभयो । त्रीभुवन माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको लागि मैदान सम्याउने र आवश्यक प्रर्वाधार निर्माणको तयारी भइसकेको अधिकृत रानाभाटले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र÷छात्राको गरि भलिबल, एक सय मिटर देखि ३ हजार मिटर सम्म दौड प्रतियोगिता, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प ज्याभ्लिङ थ्रो ६०० ग्राम र शटपुट ८ पाउण्ड आदि हुनेछ ।

यस प्रतियोगितामा बुलिङटार गाउँपालिका भित्रका ८ वटै मा.वि. तहका विद्यार्थीहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *