नवलपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न रोक

नवलपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सुचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्धारा जारी विज्ञप्तिमा मदिरा तथा मदिराजन्य पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न उल्लेख गरिएको छ । यस्तै पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न समेत भनिएको छ ।

जुवातास, लङ्गुरबुर्जा , कौडा सट्टेबाजी लगायतका जुवाजन्य खेल खेल्नेखेलाउने र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न सूचनामा भनिएको छ ।

सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *