बुलिङटार, २३ कार्तिक
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका चन्तार खेलमैदानमा हिजो बुधबार देखि भइरहेको छैठौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको फाइनल भोलि हुने भएको छ।
पालिका स्तरीय राष्ट्रपति कपका लागि छात्र तर्फको भलिबलमा जनजागृति मा.वि ढाडबेशी बुलिङटार १ सँग त्रिभुवन मा.वि. बुलिङटार ३ प्रतिस्पर्धा गर्नेछन् भने छात्रा तर्फ सेतीनाग मा.वि. अर्खला बुलिङटार ४ सँग उदय मा.वि भदौरी बुलिङटार ५ प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी ८ सय मिटर दौड प्रतियोगिता र १५ सय दौड प्रतियोगिता पनि भोलि शुक्रबार नै हुने आयोजक समितिले जनाएको छ ।
समितिका अनुसार भोलि शुक्रबार नै सबै इभेन्टहरुको सहित बुलिङटार गाउँपालिका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम समापन हुने जनाएको छ।
कार्तिक २३ गतेसम्म खेल सम्पन्नको विवरण