चितवन नारायणी महोत्सवमा आज शिव परियार लगायतका कलाकार आउने

चितवन – नारायणी नदी किनारमा बुधबारदेखि सुरु भएको चितवन नारायणी महोत्सवमा आज चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा आज (शनिबार) कलाकार शिव परियार, महेश काफ्ले, सन्जना श्रेष्ठ लगाएतका कलाकार आउने भएका हुन् ।

कलाकारको प्रस्तुतीसंगै दर्शकहरुले भरपुर मनोरन्जन लिन सक्ने छन् । महोत्सवमा प्रत्यक दिन विभिन्न कलाकारहरुको प्रस्तुती भईराखेको छ । महोत्सव सुरु भएको हिजो तेस्रो दिन सम्म आईपुग्दा दर्शकहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ ।

लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रा.ली र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । यही मंसिर ६ गते बुधवारबाट शुरु भएको महोत्सवमा हालसम्म ४० हजार दर्शकले अवलोकन गरिसकेको आयोजक मध्यका एक सन्दिप महतले जानकारी दिए ।

उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, अन्यलाई ७० र बालबालिका, अपाङ्ग, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । महोत्सवमा २८० वटा स्टलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *